
नेपालले अतिक्रमण गरेको भारतको भूमि सार्वजनिक गर्न रास्वपा सांसद तामाङको माग
रास्वपा सांसद आशिका तामाङले नेपालले अतिक्रमण गरेको भारतको भूमि सार्वजनिक गर्न माग गरेकी छिन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने विषयमा तथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीसँग माग गरेकी छन्। काठमाडौंमा बोल्दै उनले हिजोसम्म भारतले नेपाली भूमि मिचेको तथ्य मात्र थाहा भए पनि प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले नयाँ कुरा ल्याएको बताइन्। नेपालले भारतको कुन-कुन ठाउँमा भूमि अतिक्रमण गरेको छ, त्यसको विवरण र प्रमाण सार्वजनिक गर्न उनले सरकारलाई आग्रह गरेकी छन्।
Summary by Jayaman

रास्वपा सांसद आशिका तामाङले नेपालले अतिक्रमण गरेको भारतको भूमि सार्वजनिक गर्न माग गरेकी छिन्।
3 more headlines since
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नेपालले अतिक्रमण गरेको भारतको भूमि सार्वजनिक गर्न प्रधानमन्त्री बालेन शाह ‘वालेन्द्र’ सँग अपिल गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो अपिल गरेकी हुन्। ‘प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ, त्यसको तथ्य सार्वजनिक गरिदिनु हुन हार्दिक अपिल गर्छु,’ उनले लेखेकी छन्, ‘किनकि सधैँभर म […]

काठमाडौं । सत्तारुढ दल रास्वपाकी सांसद आशिका तामाङले नेपालले भारतको भूमि अतिक्रमण गरेको देखाउन माग गरेकी छन् । भारतले मात्र अतिक्रमण गरेको हिजोसम्म तथ्य थाहा भए पनि प्रधानमन्त्रीले नयाँ कुरा गरेको उनको भनाइ छ। उनले भनेकी छन्, ‘प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनु हुन हार्दिक अपिल गर्दछु, किनकि […]