Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 12h agolast: 11h ago

निर्वाचन परिणाम पूर्वनिर्धारित र नाटक मात्र थियो: एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुनमा सम्पन्न निर्वाचनलाई एक 'तमासा' र 'नाटक' को संज्ञा दिएका छन्। काठमाडौंमा आयोजित पार्टीको सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै उनले निर्वाचनको परिणाम पहिले नै निश्चित गरिएको दाबी गरे। मतदानमा प्रयोग गरिएको मसीको गुणस्तरमाथि प्रश्न उठाउँदै उनले यस विषयमा छानबिन हुनुपर्ने माग समेत गरेका छन्।

Summary by Jayaman

3publishers
4headlines
4in last 24h
Span: 20 minNE onlyUpdated 11h ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

चुनाव नाटक थियो, अरु दलहरुले साँच्चिकै हुन्छ ठानेँ : ओली

२० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी नतिजा पहिले निर्धारित रहेको बताएका छन् । चुनावपछि पहिलोपटक सार्वजनिक सम्बोधन गरेका ओलीले चुनावलाई ‘तमासा’ र ‘नाटक’ भनेका छन् । ‘चुनाव एउटा तमासा थियो, चुनाव एउटा नाटक थियो । यो परिणाम पूर्वनिर्धारित परिणाम थियो,’ ओलीले भने, ‘यही परिणामका लागि चुनाव गराइएको थियो । हाम्रो […]

Coverage

3 more headlines since

first · 12h agolatest · 11h ago
    1. परिणाम पहिले नै निर्धारित थियो, चुनाव त एउटा तमासा र नाटक मात्रै हो : ओली

      नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फागुनमा सम्पन्न निर्वाचनमाथि गम्भीर प्रश्न उठाएका छन् । चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेका उनले चुनाव केवल एउटा 'तमासा' र 'नाटक' मात्र भएको टिप्पणी गरे। पार्टीको सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले निर्वाचनको परिणाम पहिले नै निश्चित गरिएको दाबी गरे। 'चुनाव एउटा तमासा थियो, नाटक थियो। यो पूर्वनिर्धारित परिणाम थियो,' ओलीले आक्रोश पोखे, 'हामीले यो कुरा पहिले नै बुझेका थियौँ, तर

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    2. परिणाम पूर्वनिर्धारित थियो, चुनाव एउटा नाटक मात्र हो- एमाले अध्यक्ष ओली

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव तमासा र नाटक मात्र भएको बताएका छन् ।पार्टीको सदस्यता नवीकरण कार्यशालालाई बुधबार राजधानीमा सम्बोधन गर्दै ओलीले चुनावी परिणाम पहिलेदेखि नै निर्धारित रहेको जिकिर गरेका हुन् ।ओलीले चुनावमा प्रयोग भएको मसीका सम्बन्धमा पनि प्रश्न उठाए । 'चुनावमा लगाइएको मसी घर पुग्दा रङ उडिसकेको थियो । ब्यालेट पेपरमा के भएको होला ? यी छानबिनका विषय हुन्,' ओलीले भने, 'यही परिणामका लागि चुनाव गराइएको थियो । हामीले बुझेका थियौं ।'यो छानबिन गर्नुपर्ने विषय

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    3. चुनावी परिणामबारे ओली- यो पूर्वनिर्धारित थियो

      नेकपा एमालेका अध्यक्ष केपी ओलीले फागुन २१ को चुनावमा तमासा मात्रै भएको टिप्पणी गरेका छन्।

KP Sharma Oli Claims Election Results Were Predetermined and Dramatized · K cha khabar