
इरानी नौसैनिक शाखामाथि ईयूको नयाँ प्रतिबन्ध
ब्रसेल्स- युरोपेली सङ्घ (इयू) ले इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) को नौसैनिक शाखा तथा क्षेत्रीय कमान्डका एक प्रवक्तामाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। सोमबार सार्वजनिक गरिएको निर्णयअनुसार इयूले आईआरजीसीको नौसैनिक शाखा र हर्मोजगान प्रान्तीय कमान्डका प्रवक्ता मोहम्मद अकबरजादेहलाई कालोसूचीमा समावेश गरेको छ। यससँगै इरानको तेल निर्यातकर्ता युनियनका प्रतिनिधि हमिद होसेनीमाथि पनि सम्पत्ति रोक्का तथा […]
