Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 9 Junlast: 9 Jun

गृहमन्त्री सुधन गुरुङद्वारा जेन-जी आन्दोलनका फौजदारी मुद्दा फिर्ता लिन कार्यदल गठन

दोस्रो पटक गृहमन्त्रीको जिम्मेवारी सम्हालेका सुधन गुरुङले २०८२ भदौमा भएको जेन-जी आन्दोलनका क्रममा लागेका फौजदारी मुद्दाहरू फिर्ता लिने प्रक्रिया अघि बढाउन कार्यदल गठन गर्ने निर्णय गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस विषयमा अध्ययन गरी सिफारिस पेश गर्न कार्यदल बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन्। मन्त्री गुरुङले नारायणहिटी हत्याकाण्ड जस्ता गम्भीर घटनाहरूको समेत छानबिन गर्ने संकेत गरेका छन्। यो कदमलाई आन्दोलनमा संलग्न युवाहरूमाथिको कानुनी बोझ हटाउने प्रयासको रूपमा हेरिएको छ।

4publishers
5headlines
Span: 2 hoursNE onlyUpdated 9 Jun
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

गृहमन्त्री गुरुङको निर्णय- जेनजी आन्दोलनमा लागेका फौजदारी मुद्दा फिर्ता गर्न कार्यदल बनाउने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका क्रममा भएका घटनामा फौजदारी अभियोजन भएकाहरूको मुद्दा फिर्ता गर्ने तयारी गरेका छन् । आज पदभार ग्रहणलगत्तै उनले यस कार्यका लागि कार्यदल गठन गर्ने बताए । गृहमन्त्रीले गरेको पहिलो निर्णय नै यही रहेको छ । जेनजी आन्दोलन सम्बन्धी घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने–नसकिने सिफारिस सहितको प्रतिवेदन […]

Coverage

4 more headlines since

first · 9 Junlatest · 9 Jun
    1. दरबार हत्याकाण्ड पुनः छानबिन गर्ने गृहमन्त्रीको निर्णय, जेनजी आन्दोलनकारीका मुद्दा फिर्ता हुने

      काठमाडौं। गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्ड पुनः छानबिन गर्ने निर्णय गरेका छन्। दोस्रो पटक मन्त्रालयमा कार्यभार सम्हाल्ने क्रममा मन्त्री गुरुङले २५ वर्ष पुरानो हत्याकाण्ड घटना पुनः अनुसन्धानको निर्णय गरेका हुन्। यस्तै जेनजी आन्दोलनकारी उपरका फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने समिति गठनको पनि निर्णय गरेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई थप प्रभावकारी बनाउन […] The post दरबार हत्याकाण्ड पुनः छानबिन गर्ने गृहमन्त्रीको निर्णय, जेनजी आन्दोलनकारीका मुद्दा फिर्ता हुने appeared first on BIZMANDU.

      BizmanduPrivatecontent5 publishers
    2. गृहमन्त्री गुरुङका चार निर्णय- जेनजी आन्दोलनका मुद्दा समीक्षादेखि दरबार हत्याकाण्डको थप छानबिनसम्म

      दोस्रोपटक जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङले मंगलबार पदभार ग्रहण गर्दै जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दाको समीक्षा, नारायणहिटी दरबार हत्याकाण्डको थप छानबिन तथा सुरक्षा निकायभित्र सूचना चुहावट नियन्त्रणलगायत चार महत्त्वपूर्ण निर्णय गरेका छन्।कार्यभार सम्हाल्ने क्रममा गृहमन्त्री गुरुङले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन गरिएका मुद्दा फिर्ता गर्न मिल्ने वा नमिल्ने विषयमा अध्ययन गर्न विशेष कार्यदल गठन गर्ने निर्णय गरेका छन् । कार्यदललाई आवश्यक छानबिन

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    3. जेन-जी आन्दोलनमा लागेका फौजदारी मुद्दा फिर्ता लिँदै गृहमन्त्री

      काठमाडौं- दोस्रो पटक गृहमन्त्रीको कुर्सीमा पुगेका सुधन गुरुङले गत २०८२ भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा संलग्नलाई लागेका फौजदारी अभियोगका मुद्दा फिर्ता लिने तयारी गरेका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा गुरुङले त्यस कार्यलाई अघि बढाउन अलग्गनै कार्यदल गठन गर्ने पनि घोषणा गरेका छन् । गृहमन्त्री गुरुङले यसलाई आफ्नो पहिलो […]

    4. गृहमन्त्रीमा पदभारलगत्तै सुधनले गरे नारायणहिटी हत्याकाण्ड छानबिनसहित चारवटा निर्णय

      काठमाडौं- गृहमन्त्रीमा दोस्रो पटक शपथ लिएका सुधन गुरुङले गम्भीर प्रकृतिकासहित चारवटा निर्णय गरेका छन्। उनले पदभार ग्रहणका क्रममा मंगलबार चारवटा निर्णय गरिएको बताएका छन्। उनले गत भदौमा भएको जेन-जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग लागेका मुद्दा फिर्ता गर्न सकिने नसकिनेबारे छानबिनका लागि कार्यदल गठन गर्ने निर्णय भएको बताए । त्यसैगरी राजा वीरेन्द्र शाहको वंशनास हुने […]

Home Minister Sudhan Gurung to Review Gen-Z Movement Criminal Cases · K cha khabar