संसद्मा सांसद्ले गाए गीत– मागेको धोतीले मेरो लाज छोपिन्न
‘खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न । घोटिएर हात पाउ झरि जाउन औंला, तर कोही अगाडि यी हात जोडिन्न,’ योञ्जनका गीत आङ्देम्बेले सम्झिए ।
नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभाको बैठकमा गोपाल योञ्जनको चर्चित गीतका हरफहरू वाचन गरेका छन्। उनले 'मागेको धोतीले मेरो लाज छोपिन्न' भन्ने बोलको गीत गाउँदै आत्मनिर्भरता र राष्ट्रिय स्वाभिमानको विषय उठाएका थिए। बजेट र समसामयिक राजनीतिक विषयमा छलफल भइरहँदा उनले यी हरफहरू प्रस्तुत गरेका हुन्।
‘खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न । घोटिएर हात पाउ झरि जाउन औंला, तर कोही अगाडि यी हात जोडिन्न,’ योञ्जनका गीत आङ्देम्बेले सम्झिए ।
2 more headlines since