
अमेरिका-इरान शान्ति सम्झौतापछि एसियाली सेयर बजारमा उछाल
काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति भएको आधिकारिक पुष्टि भएसँगै एसिया-प्रशान्त (एसिया-प्यासिफिक) क्षेत्रका सेयर बजारमा तीव्र उछाल आएको छ । लामो समयदेखि जारी तनाव अन्त्य हुने भएपछि लगानीकर्ता उत्साहित बन्दा सोमबार बिहानैदेखि सेयर सूचकहरू ह्वात्तै बढेका हुन् । सोमबार बिहानको कारोबारमा जापानको प्रमुख सेयर सूचक ‘निक्केई २२५’ ५ प्रतिशतभन्दा बढीले बढेको छ […]
