बजेट कार्यान्वयन हुँदैन भन्ने भाष्य अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अनुभवी राष्ट्र सेवकलाई साथमा लिएर सरकार अघि बढ्ने जनाउँदै निश्चिन्त भएर परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।राष्ट्रिय योजना आयोगमा आज आयोजित आगामी आर्थिक वर्ष २०८३/८४ को मध्यमकालीन खर्च संरचना र बजेट कार्यान्वयन पूर्वतयारीसम्बन्धी छलफलमा उनले राष्ट्र सेवकलाई अझ बढी जिम्मेवारी दिएर सरकारले देश निर्माणको महाअभियानमा जोड्न चाहेको बताए ।'राम्रा, असल र काम गर्ने हुटहुटी भएका राष्ट्र सेवकको साथमा छौँ, खुबी भएका राष्ट्र सेवकलाई संरक्षण गर्छौँ,' अर्थ
