विष्णु पौडेललाई पक्राउ गर्नुअघि भैंसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा
८ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गर्नुअघि उनको घरमा छापा मारेको खुलेको छ । उनलाई सोमबार दिउँसो सम्पत्ति शुद्धीकरण विभागको टोलीले सुर्खेतबाट पक्राउ गरेको थियो । विभागले उनलाई नियन्त्रणमा लिनुअघि ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा छापा मारेको हो । प्रहरीले छापा मारेर केही कागजात समेत नियन्त्रणमा लिएको विभाग सम्बद्ध स्रोतले बतायो । […]




