Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 2d ago

१३औँ म्यूजिक खबर म्यूजिक अवार्डमा संगीतकार शम्भूजीत बाँस्कोटा दीर्घ साधना सम्मानबाट सम्मानित

काठमाडौंमा आइतबार सम्पन्न १३औँ म्यूजिक खबर म्यूजिक अवार्डमा वरिष्ठ संगीतकार शम्भूजीत बाँस्कोटालाई 'म्यूजिक खबर दीर्घ साधना सम्मान-२०८२' बाट सम्मानित गरिएको छ। पूर्व उपराष्ट्रपति परमानन्द झाले ५१ हजार रुपैयाँ राशिसहित बाँस्कोटालाई सो सम्मान प्रदान गर्नुभएको हो। समारोहमा ३३ विधामा अवार्ड वितरण गरिनुका साथै गीतकार उन्नति शिला बोहरालाई विशिष्ट सम्मान प्रदान गरियो। कार्यक्रममा गायिका टीका प्रसाईँले संगीतकार बाँस्कोटाका चर्चित गीतहरू प्रस्तुत गरेकी थिइन्।

TopicsKathmandu
3 publishers · 3 headlines · developing over 1d 20h
Broke firstRajdhani National Daily logoRajdhani National Daily

१३औँ म्यूजिक खबर म्युजिक अवार्ड : शम्भूजीतलाई दीर्घ साधना सम्मान, ३३ विधामा अवार्ड प्रदान

काठमाडौं । ‘१३औँ म्यूजिक खबर म्युजिक अवार्ड – २०८२’ समारोहमा अग्रज संगीतकार शम्भूजीत बासकोटा ‘म्यूजिक खबर दीर्घ साधना सम्मान– २०८२’ बाट सम्मानित भएका छन् । आइतबार अबेरसाँझ काठमाडौँमा सम्पन्न समारोहमा पूर्व उपराष्ट्रपति परमानन्द झाले ५१ हजार रुपैयाँसहित सो सम्मान बासकोटालाई प्रदान गरे । समारोहमा संगीतकार बासकोटाको सम्मानमा गायिका टीका प्रसाईँले उनको विभिन्न गीत प्रस्तुत गरिन् […] The post १३औँ म्यूजिक खबर म्युजिक अवार्ड : शम्भूजीतलाई दीर्घ साधना सम्मान, ३३ विधामा अवार्ड प्रदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Coverage

2 more headlines since

first · 4d agolatest · 2d ago
  1. शम्भुजीतलाई दीर्घ साधना सम्मान

    नेपाली गीत–संगीतमा पाँच दशकभन्दा बढी समयदेखि निरन्तर योगदान पु¥याउदै आएका ख्यातिप्राप्त संगीतकार शम्भुजीत बाँसकोटालाई म्युजिक खबर दीर्घ साधना सम्मान–२०८२ प्रदान गरिएको छ। राजधानीमा हालै आयोजित १३औँ म्युजिकखबर म्युजिक अवार्ड समारोहमा उनलाई नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले दोसल्ला ओढाएर सम्मानपत्र तथा ५१ हजार रुपैयाँ सहित सम्मान गरेका हुन्। बाँसकोटाको सम्मानमा गायिका टीका प्रसाईंले विशेष सांगीतिक प्रस्तुति […]

  2. म्युजिक खबर दीर्घ साधना सम्मान बाँस्कोटालाई

    १७ असार, काठमाडौं । ‘म्यूजिक खबर म्यूजिक अवार्ड’को १३औं संस्करण सम्पन्न भएको छ । आइतबार सम्पन्न समारोहमा वरिष्ठ संगीतकार शम्भूजीत बाँस्कोटा ‘म्यूजिक खबर दीर्घ साधना सम्मान- २०८२’ बाट सम्मानित भएका छन् । समारोहमा प्रमुख अतिथि पूर्व उपराष्ट्रपति परमानन्द झाले ५१ हजार रुपैयाँसहित बासकोटालाई प्रदान गरे । कार्यक्रममा अग्रज गीतकार उन्नति शिला बोहरालाई विशिष्ट सम्मान, गीतकार […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.