Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6 Jullast: 7 Jul

कीर्तिपुरका सुकुम्वासीद्वारा राहतको सट्टा सम्मानजनक पुनःस्थापनाको माग

कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा बसोबास गरिरहेका भूमिहीन दलित तथा सुकुम्वासी परिवारले सरकारले घोषणा गरेको राहत रकम अस्वीकार गर्दै सम्मानजनक पुनःस्थापनाको माग गरेका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले राहतका लागि निवेदन दिन आह्वान गरे पनि पीडितहरूले स्थायी बसोबासको व्यवस्था हुनुपर्ने अडान राखेका छन्। वर्षाका कारण टेन्टभित्र बाढी पसेर जनजीवन कष्टकर बनेको अवस्थामा उनीहरूले नेपाल सरकारलाई राहतभन्दा दीर्घकालीन समाधान खोज्न ध्यानाकर्षण गराएका हुन्।

3 publishers · 3 headlines · developing over 1d 2h
Broke firstKhabarhub logoKhabarhub

दोहोरो चपेटामा राधास्वामीका सुकुम्वासी : एकातिर बाढीको डर, अर्कोतिर सरकारको चेतावनी

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूको जनजीवन वर्षाका कारण कष्टकर बनेको छ । एकातिर टेन्टभित्रै बाढी र पानी पसेर सुकुम्वासीहरू बिचल्लीमा परेका छन् भने अर्कोतिर सरकारले असार २४ गतेभित्र बैंक खाता नम्बर उपलब्ध नगराए राहत रकम नदिने चेतावनीसहित सूचना टाँस गरेपछि पीडितहरू थप दबाबमा परेका छन् । हरेक वर्ष वंशीघाटको बाढी पसेर डुबानमा […]

Coverage

2 more headlines since

first · 6 Jullatest · 7 Jul
  1. सम्मानजनक पुनःस्थापनाको माग गर्दै होल्डिङ सेन्टरका सुकुमबासीले सरकारको गराए ध्यानाकर्षण

    काठमाडौँ । कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा रहेको होल्डिङ सेन्टरमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासी परिवारहरूले सरकारसँग राहत नभई सम्मानजनक पुनःस्थापनाको व्यवस्था गर्न माग गरेका छन्। एक प्रेस विज्ञप्ति मार्फत उनीहरूले बागमती सभ्यता एकीकृत

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. होल्डिङ सेन्टरका सुकुमवासी भन्छन् : राहतका लागि निवेदन दिन्नौं, सम्मानजनक पुनर्स्थापना चाहियो

    २३ असार, काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारले सरकारले घोषणा गरेको राहतका लागि निवेदन नदिने बताएका छन् । नेपाल सरकार तथा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले प्रभावित परिवारलाई असार २२ गतेभित्र राहतका लागि निवेदन दिन आह्वान गरेपछि आफ्नो धारणा सार्वजनिक गर्दै उनीहरुले राहतभन्दा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.