Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6 Jullast: 9 Jul

शिक्षा नियमावलीको दशौँ संशोधन स्वीकृत, शिक्षक सरुवा र दरबन्दीमा नयाँ व्यवस्था

नेपाल सरकारले शिक्षा नियमावली (दशौँ संशोधन), २०८३ स्वीकृत गर्दै सामुदायिक विद्यालयका शिक्षकको सरुवा र दरबन्दी व्यवस्थापनमा नयाँ मापदण्ड लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार स्थायी शिक्षकले सरुवाका लागि आवेदन दिन कम्तीमा तीन वर्ष सेवा अवधि पूरा गर्नुपर्नेछ, तर प्राथमिक तहका शिक्षकको हकमा यो नियम लागू हुने छैन। साथै, विशेष शिक्षा परिषद्का दरबन्दीहरूलाई विशेष दरबन्दीमा रूपान्तरण गरी शिक्षक सेवा आयोगको सिफारिसमा स्थायी पदपूर्ति गर्ने व्यवस्था गरिएको छ।

TopicsEducation
2 publishers · 4 headlines · developing over 2d 22h
Broke firstHimal Press logoHimal Press

विशेष शिक्षकको दरबन्दी रूपान्तरण, स्थायी शिक्षकलाई अतिरिक्त सुविधा दिने व्यवस्था

काठमाडौँ- सरकारले शिक्षा नियमावली (दशौँ संशोधन), २०८३ मार्फत विशेष शिक्षा परिषद्‌बाट स्वीकृत विशेष शिक्षकको दरबन्दीलाई राष्ट्रिय किताबखानामा विशेष दरबन्दीका रूपमा दर्ता गरी शिक्षक सेवा आयोगको सिफारिसमा त्यस्तो दरबन्दीमा स्थायी पदपूर्ति गर्ने व्यवस्था गरेको छ। मन्त्रिपरिषद्ले गत बिहीबार शिक्षा नियमावली (दशौँ संशोधन) स्वीकृत नियमावलीमा ‘विशेष शिक्षा परिषद्‌बाट स्वीकृत भएका शिक्षक दरबन्दी विशेष शिक्षक दरबन्दीमा रूपान्तरण हुनेछन्। उपनियम […]

Coverage

3 more headlines since

first · 6 Jullatest · 9 Jul
  1. शिक्षक सरुवा मापदण्ड सुधार नभए कानुनी र सडक आन्दोलनमा जाने चेतावनी

    काठमाडौँ- नवप्रवेशी तथा सरुवा पीडित शिक्षकहरूले सरकारले ल्याउन लागेको शिक्षक सरुवासम्बन्धी मापदण्डप्रति असहमति जनाउँदै तत्काल संशोधन गर्न माग गरेका छन्। उनीहरूले हाल प्रस्ताव गरिएको व्यवस्था अवैज्ञानिक, अव्यावहारिक र सार्वजनिक शिक्षालाई कमजोर बनाउने खालको भएको दाबी गरेका छन्। सरुवा पीडित शिक्षक केन्द्रीय संघर्ष समिति, नेपालले प्रधानमन्त्री तथा शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा नियमावलीको दशौं संशोधनमार्फत ल्याइएको सरुवा […]

  2. संशोधित शिक्षा नियमावली सार्वजनिक हुन बाँकी: शिक्षकलाई राजनीतिक गर्न रोक, विद्यालय व्यवस्थापन समितिमा गैरराजनीतिक व्यक्ति मात्रै

    –शिक्षक सरुवा अधिकार स्थानीय तहलाई –स्थानीय तहले नै प्रअ हटाउन सक्ने –कामको सिलसिलामा शिक्षकको मृत्यु भएमा आजीवन पारिवारिक वृत्ति –शिक्षकपद रिक्त भएको ७ दिनमा जानकारी दिनुपर्ने –स्थायी भएको ३ वर्षसम्म सरुवामा रोक –राजपत्रमा आउनासाथ कार्यान्वयन हुने –अति अशक्त शारीरिक अपाङ्गता भएका बालबालिकालाई विशेष शिक्षा काठमाडौँ . मन्त्रिपरिषद्ले गत शुक्रवार पारित गरेको शिक्षा नियमावलीको १० औं […]

  3. सरुवामा प्राथमिकता निर्धारणका नयाँ आधार, महिला शिक्षकलाई विशेष व्यवस्था

    काठमाडौँ- सरकारले शिक्षा नियमावली (दशौँ संशोधन), २०८३ मार्फत सामुदायिक विद्यालयका शिक्षकको सरुवा व्यवस्था परिवर्तन गरेको छ। नयाँ व्यवस्थाअनुसार स्थायी नियुक्ति भएको कम्तीमा तीन वर्ष सेवा अवधि पूरा गरेका शिक्षक ले मात्र एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरुवाका लागि आवेदन दिन पाउनेछन्। तर प्राथमिक तहका स्थायी शिक्षकका हकमा यो तीन वर्षे अवधि लागू नहुने व्यवस्था […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.