पियर-टु-पियर लेन्डिङसम्बन्धी व्यवस्था पुनः अध्ययन गरिने
काठमाडौँ- नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट व्यक्ति-व्यक्तिबीच हुने ऋण कारोबार (पियर-टु-पियर लेन्डिङ) लाई व्यवस्थित बनाउन व्यक्तिगत क्रेडिट रेटिङमा आधारित प्रणालीको सम्भाव्यता अध्ययन गर्ने भएको छ। आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा व्यक्तिगत रेटिङमा आधारित पियर-टु-पियर लेन्डिङको सम्भाव्यता, नियामकीय ढाँचा तथा कार्यान्वयनका विभिन्न पक्षबारे अध्ययन गरिने उल्लेख गरिएको छ। राष्ट्र बैंकले डिजिटल माध्यमबाट हुने व्यक्ति-व्यक्तिबीचको ऋण […]