Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 7 Jullast: 7 Jul

राहदानी छपाइमा भएको अनियमितता छानबिन गर्न रास्वपा सांसदहरूको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले राहदानी छपाइ र वितरणमा भएको भनिएको भ्रष्टाचार र अनियमितताबारे तत्काल छानबिन गर्न माग गरेका छन्। मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरू खगेन्द्र सुनार र विक्रम थापाले राहदानी विभागको फाइल झिकाएर अध्ययन गर्नुपर्नेमा जोड दिए। उनीहरूले राहदानी खरिद प्रक्रियामा देखिएका समस्याहरू नीतिगत हुन् वा नियतवश भएका हुन् भन्नेबारे समितिले स्पष्ट पार्नुपर्ने बताए।

3 publishers · 5 headlines · developing over 4 hours
Broke firstRatopati logoRatopati

राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न, फाइल र कागजात झिकाएर छानबिन गर्न सांसदहरूको माग

काठमाडौँ । पासपोर्ट छपाइ प्रक्रियामा भएको भ्रष्टाचार र अनियमितताको विषय संसदीय समितिमा उठेको छ। मंगलबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले राहदानी (पासपोर्ट) छपाइ प्रक्रियामा भएको भ्रष्टाचार र अनियमितताको

story5 publishers
Coverage

4 more headlines since

first · 7 Jullatest · 7 Jul
  1. राहदानी छपाइको विषय संसदीय समितिमा छलफल गर्न कांग्रेस सांसद गिरीको माग

    २३ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद जनकराज गिरीले राहदानी छपाइसँग सम्बन्धित विषयमा समितिले गम्भीर छलफल गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘राहदानी छपाइको बारेमा अहिले समस्या देखिएको छ । भोलि एकैपटक राहदानी छपाइ रोकियो भने हामी गम्भिर समस्यामा पर्छौं […]

  2. लेखा समितिमा राहदानी छपाइ प्रकरणकाे विषय उठ्यो, छानबिन गर्न रास्वपा सांसदकाे माग

    Nepal Lead logoNepal LeadPrivatedetailheadline only5 publishers
  3. राहदानी भ्रष्टाचार नियत कि नीतिगत ? फाइल हेरौँ: रास्वपा सांसद सुनार

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पछिल्लो समय चर्चामा रहेको राहदानी प्रकरणको समितिले छानबिन गर्नु पर्ने माग गरेका छन्। मङ्गलवार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले राहदानी खरिद र वितरणमा देखिएका

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. राहदानी प्रकरणको फाइल मगाएर तत्काल अध्ययन गरौँ : सांसद विक्रम थापा

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विक्रम थापाले राहदानी (पासपोर्ट) छपाइमा भएको अनियमितताको विषयमा समितिले तत्काल छानबिन थाल्नु पर्ने बताए। मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद थापाले राहदानी विभागको फाइल तत्काल समितिमा मगाएर

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.