जेठ १७ को संसद् बैठकमा संसदीय मर्यादा उल्लंघन भएको ठहर, सभामुखलाई विशेषाधिकार प्रयोग गर्न सुझाव
काठमाडौँ- प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा भएको हुलहुज्जत र अव्यवस्थाबारे गठित जाँचबुझ समितिले संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष निकाल्दै सभामुख डाेलप्रसाद अर्याललाई संविधान तथा प्रतिनिधिसभा नियमावलीले दिएको विशेषाधिकार तत्काल प्रयोग गरी कडा कारबाही गर्न सुझाव दिएको छ। प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठित समितिले बिहीबार सभामुखलाई बुझाएको प्रतिवेदनमा बैठकमा अमर्यादित अभिव्यक्ति, वेल घेराउ, मर्यादापालकमाथि […]


