
इरानको तटीय क्षेत्रमा फेरि विस्फोट, सैन्य अड्डा आसपास आक्रमण भएको आशङ्का
काठमाडौँ । इरानको दक्षिणी तटीय बुसेहर प्रान्तमा फेरि विस्फोटको आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अर्धसरकारी समाचार संस्था फार्स समाचार एजेन्सीका अनुसार बुसेहरस्थित चाघादाक सहरका बासिन्दाले बिहीबार दिउँसो स्थानीय समयअनुसार लगातार धेरै विस्फोटको आवाज सुनेका छन्। फार्सका