Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 10 Jullast: 10 Jul

गृहमन्त्री सुधन गुरुङद्वारा संसदमा आक्रोश व्यक्त, सांसदहरूको व्यवहारप्रति असन्तुष्टि

गृहमन्त्री सुधन गुरुङले शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसदहरूको व्यवहारप्रति कडा आक्रोश व्यक्त गरेका छन्। उनले विपक्षी दलका साथै आफ्नै पार्टीका सांसदहरूले दोहोरो चरित्र देखाएको र सदनको मर्यादा कायम नगरेको आरोप लगाए। आफूलाई राम्रोसँग बोल्न नआए पनि काम गर्न आउने दाबी गर्दै उनले पुराना दलका गल्तीबाट सिक्नुपर्नेमा जोड दिए।

3 publishers · 5 headlines · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

गृहमन्त्री सुधनले संसदमा भने ‘धेरै भयो मैले सहेको’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले संसदमा विपक्षीप्रति आक्रोशित हुँदै आफूले धेरै सहेको बताएका छन् । ‘धेरै भयो मैले सहेको, यो सम्मानित सदनलाई एउटा रेस्पेक्टेड भिउबाट हेर्नुपर्छ, आफूले बोल्दाखेरि एउटा मर्यादा राखेर बोल्नुपर्छ, तर, घोट्कन भइसक्यो’, उनले भने, ‘गाह्रो हुन्छ कहिले कहिले तपाईंले यसरी हेर्दा के ।’ उनले पुराना दलको गल्तीबाट आफूहरूले सिक्नुपर्नेमा अहिलेको अवस्था देख्नुपरेको पनि […]

Coverage

4 more headlines since

first · 10 Jullatest · 10 Jul
  1. गृहमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन नेकपाको माग

    नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
  2. गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति नेकपाको नियमापत्ति, रेकर्डबाट हटाउन माग

    काठमाडौँ । गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिमा नेकपाका सांसद गोपाल शर्माले नियमापत्ति गरेका हुन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले संसद्मा गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाए । उनले भने, ‘सदनले सरकारलाई सदनमै खोज्ने हो। सांसदहरूले सदनमै सरकारलाई खोज्ने हो। सरकारले सदनलाई जानकारी दिने हो। त्यो जिम्मेवारी हो। सदनमा सांसदहरूले प्रस्तुत गरेको विषय घाँटी सुक्नेगरी चिच्च्याएको […]

  3. गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित

    काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त गरेका छन् । सांसदहरूले अगाडि एउटा बोल्ने र पछाडि अर्को बोल्ने गरेको उनले बताए । ‘साथीभाइ माननीयज्युहरू जे अगाडि बोल्नुहुन्छ, पछाडि अर्कै बोल्नुहुन्छ, चित्त बुझ्दैन रहेछ, अगाडि जसरी बोल्नुभाछ, त्यसरी नै पछाडि बोल्नुपर्यो’, उनले भने’, अगाडि आउनुहुन्छ माननीयहरूले एकदमै घुलमिल गरेर बोल्नुहुन्छ, पछाडि गएर के […]

  4. हामीलाई राम्रोसँग बोल्न आउँदैन होला तर, काम चाहिँ राम्रोसँग गर्न आउँछ : गृहमन्त्री गुरुङ

    काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आफूलाई राम्रोसँग बोल्न नआएपनि काम गर्न आउने बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले विपक्षीप्रति आक्रोश व्यक्त गरेका हुन् । ‘हामीलाई राम्रोसँग बोल्न आउँदैन होला तर, काम चाहिँ राम्रोसँग गर्न आउँछ, आफ्नो देशलाई जोगाउन आउँछ’, उनले भने, ‘चाहे तपाईं नै होस् तपाईंको जिम्मेवारी पनि हाम्रै टाउकोमा छ ।’ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.