वरिष्ठ स्रष्टा गोपी मैनालीको समालोचनात्मक अन्वेषण कृति लोकार्पित
नेपाल सरकारका पूर्वसचिव एवं वरिष्ठ स्रष्टा गोपी मैनालीको ‘विचार र विचरण’ नामक समालोचनात्मक अन्वेषण कृति लोकार्पण गरिएको छ।काठमाडौंको नयाँबानेश्वरमा आयोजित एक भव्य कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समालोचक प्राध्यापक डा. अभि सुवेदीले गोपी मैनालीको ‘विचार र विचरण’ ले नेपाली समालोचनाको क्षेत्रमा छुट्टै मानक स्थापित गरेको बताए। समालोचनाका लागि सिर्जनात्मक चेत आवश्यक पर्ने आफ्नो बुझाइलाई मैनालीको कृतिले सटिक जवाफ दिएको भन्दै उनले पूर्वीयदेखि पश्चिमी साहित्यको अध्ययन, अन्य व
