Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

मिडिया हाउस अगाडि शंकास्पद गाडी राखिएको घटनामा सरकारद्वारा अनुसन्धान सुरु

काठमाडौंस्थित अनलाइनखबर लगायत विभिन्न सञ्चारमाध्यमका कार्यालय अगाडि सोमबार शंकास्पद रूपमा गाडी तेर्स्याएर अवरोध पुर्‍याएको घटनामा सरकारले अनुसन्धान सुरु गरेको छ। मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले यस घटनामा संलग्न समूहको खोजी भइरहेको र दोषीलाई कानुन बमोजिम कारबाही गरिने बताउनुभयो। उहाँले यस कार्यमा सरकारको कुनै संलग्नता नरहेको स्पष्ट पार्दै गृह मन्त्रालय अन्तर्गतको नेपाल प्रहरीले घटनाको छानबिन गरिरहेको जानकारी दिनुभयो। जुनसुकै राजनीतिक दल वा समूह संलग्न भए पनि सरकारले कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

3 publishers · 3 headlines · developing over 47 min
Broke firstNepal Press logoNepal Press

सरकारले भन्यो- मिडियाको गेटमा गाडी तेर्साउनेको खोजी हुँदैछ, जुनसुकै पार्टीको भएपनि कारबाही हुन्छ

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले मिडियाको गेटमा गाडी तेर्साउनेहरूको खोजी भइरहेको बताएका छन्। मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारको तर्फबाट गरिएको भन्ने आरोपलाई अस्वीकार गरे। सरकारका प्रवक्ता समेत रहेका उनले भने, ‘सरकारले गर्ने भएको भए नेपाल प्रहरी त गृह मन्त्रालयको अन्तर्गत हो। गृह मन्त्रालयले त्यसरी खोजी गर्दैनथ्यो होला। प्रहरीले यसमा को–को संलग्न हुनुभएको छ, सबैको […]

Coverage

2 more headlines since

first · 5d agolatest · 5d ago
  1. मिडियाका गेटमा शंकास्पद गाडीबारे प्रवक्ता– सरकारले गरेको भए खोजी नै गर्दैन थियो होला

    ३० असार, काठमाडौं । अनलाइनखबरसहित विभिन्न मिडियाका गेटमा अवरोध पुग्नेगरी सोमबार राखिएका गाडीबारे सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले स्पष्टीकरण दिएका छन् । मंगलबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा प्रवक्ता पोखरेलले यो घटनामा संलग्नबारे खोजी कार्य भइरहेको बताए । ‘सरकारले गर्ने भएको भए नेपाल प्रहरी त गृह मन्त्रालय अन्तर्गतकै हो । गृह मन्त्रालयले त्यसरी […]

  2. सरकारले भन्यो : मिडियाका कार्यालयमा गाडी तेर्स्याउने समूह खोज्दैछौँ, पत्ता लगाएर कारबाही हुन्छ

    काठमाडौं- सरकारले सोमबार विभिन्न सञ्चारमाध्यमहरूका कार्यालयमा त्रास फैल्याउने गरी शंकास्पद रुपमा गाडी तेर्स्याउनेको खोजी भइरहेको बताएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकपछि प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले त्यसरी मिडिया हाउसलाई त्रसित बनाउने गरी गाडी तेर्स्याउने समूहको खोजी भइरहेको जवाफ दिएका हुन् । ‘विभिन्न सञ्चारमाध्यम अगाडि गरिएको शंकास्पद पार्किङको घटनामा जोसुकै भए पनि कानुन बमोजिम कारबाही हुन्छ’, […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.