एमाले सांसद बरालले भनिन्- प्रधानमन्त्रीको उपस्थितिले खुसी लागेको थियो, तर उहाँ २ मिनेटमै बाहिरिनुभयो!
नेकपा एमाले सांसद यशुधा कुमारी बरालले लामो समयपछि संसदमा प्रधानमन्त्रीको उपस्थिति देखेर खुसी लागे पनि उनी दुई मिनेटभन्दा बढी टिक्न नसकेर बाहिरिएकोमा आपत्ति जनाएकी छन्।
