
प्रतिबन्धका बीच पोखरामा नदीजन्य पदार्थको अवैध उत्खनन, तीन टिप्पर नियन्त्रणमा
नियमित अनुगमनको अभावमा विशेषगरी सेती नदी क्षेत्रमा अवैध रूपमा बालुवा उत्खनन भइरहेको पाइएको छ।
पोखरा महानगरपालिका-२५ स्थित सेती गण्डकी नदीबाट अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ। जिल्ला समन्वय समिति कास्की र स्थानीय तहहरूले वर्षायाममा नदीजन्य सामग्री उत्खननमा रोक लगाए पनि चोरीछिपी बालुवा निकाल्ने कार्य भइरहेको पाइएको छ। नागरिकको गुनासोपछि प्रहरीले निगरानी बढाएर ती सवारी साधनहरूलाई नियन्त्रणमा लिएको हो।

नियमित अनुगमनको अभावमा विशेषगरी सेती नदी क्षेत्रमा अवैध रूपमा बालुवा उत्खनन भइरहेको पाइएको छ।
2 more headlines since

सन्तोष सुवेदीकास्की, असार ३२ गते। पोखरामा अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन गरिरहेको अवस्थामा तीन वटा टिप्पर र तिनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्...
जिल्ला समन्वय समिति कास्कीले वर्षाको समयमा जिल्लाभर नदीजन्य सामग्री उत्खननमा रोक लगाएको भए पनि रातिको समयमा नदीबाट अवैध रूपमा बालुवा उत्खनन तथा ओसारपसार भइरहेको पाइएको छ।जिल्लाका पाँचवटै स्थानीय तहले पनि यस अवधिमा नदीजन्य सामग्री निकाल्न रोक लगाएका छन्। त्यसका बाबजुद चोरीछिपी उत्खनन र बिक्री भइरहेको भन्दै नागरिकबाट गुनासा आएपछि प्रहरीले निगरानी बढाएको छ।यसै क्रममा पोखरा महानगरपालिका–२५ स्थित सेती गण्डकी नदीबाट अवैध रूपमा बालुवा उत्खनन भइरहेको अवस्थामा प्रहरीले तीन वटा टिप्पर नियन्त्रणमा लि
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
उपल्लो जलाधार क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण कोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको जल तथा मौसम विज्ञान…
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले वर्तमान सभापति गगन थापासँग पार्टी एकताको सम्भावना समाप्त भएको न…
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले साउन ६ गते ४४औँ बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको छ। काठमाडौँको प…