बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको झण्डै ८ खर्ब बराबरको सम्पत्ति जफत
बंगलादेश सरकारले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिना, उनको परिवार र उनीसँग आबद्ध १० वटा ठुला व्यावसायिक समूहको ७६० अर्ब बंगलादेशी टाका बराबरको सम्पत्ति जफत गरेको छ। बंगलादेशी अधिकारीहरूले जुलाई १५ (बुधबार) मा पत्रकार सम्मेलन गर्दै यसको पुष्टि गरेका हुन् । हालको अन्तर्राष्ट्रिय विनिमय दरअनुसार यो सम्पत्ति करिब ६.२ देखि ८ अर्ब अमेरिकी डलर (करिब ८ देखि १० खर्ब नेपाली रुपैयाँ) बराबर हुन आउँछ।सन् २०२४ मा विद्यार्थीहरूको नेतृत्वमा भएको जनविद्रोहपछि १५ वर्षे लामो शासनसत्ता छाडेर हसिना भारत पलायन भ