Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

नेपाल राष्ट्र बैंकमा तीन डेपुटी गभर्नर राख्न बैंकर्स संघको प्रस्ताव

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको संख्या दुईबाट बढाएर तीन पुर्याउन प्रस्ताव गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा संघका अध्यक्ष सन्तोष कोइरालाले केन्द्रीय बैंकको कार्यसम्पादन चुस्त बनाउन यस्तो सुझाव दिनुभएको हो। नेकपा (एमाले) का सांसद पुष्पराज कँडेलले भने हालका दुई डेपुटी गभर्नर नै पर्याप्त रहेको भन्दै उक्त प्रस्तावको विरोध गर्नुभयो। सोही बैठकमा कँडेलले राष्ट्र बैंकको सञ्चालक समितिमा महिला प्रतिनिधित्व नभएको विषयमा समेत प्रश्न उठाउनुभएको थियो।

2 publishers · 2 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

राष्ट्र बैंकमा डेपुटी गभर्नर थप्नु हुँदैन : एमाले सांसद कँडेल

काठमाडौँ । नेकपा (एमाले) का सांसद प्रा.डा.पुष्पराज कँडेलले नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर नै पर्याप्त रहेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनले राष्ट्र बैकलाई धेरै डेपुटी गभर्नर आवश्यक नरहेको बताएका छन् । उनले निजी क्षेत्रलाई किन धेरै डेपुटी गभर्नर चाहिएको हो भन्ने प्रश्न पनि गरे । बैठकमा सहभागी बैंकर्सहरुले डेपुटी गभर्नरको सङ्ख्या दुईबाट तीन पुर्याउने प्रस्ताव राखेको थिए । सांसद कँडेलले हालका दुई डेपुटी गभर्नर नै पर्याप्त रहेको उल्लेख गर्दै बाह्य क्षेत्रको प्रतिनिधित्व आवश्यक ठानिएको भएमा एक जना राष्ट्र बैंकभित्रबाट र अर्का एक जना बाहिरबाट नियुक्त गर्ने व्यवस्था गर्न सकिने बताए । बैठकमा उनले राष्ट्र बैंकको बोर्डमा महिलाको प्रतिनिधित्व नरहेकोमा पनि प्रश्न उठाए । सरकारले सार्वजनिक निकायका बोर्डमा कम्तीमा एक जना महिला अनिवार्य रहने व्यवस्था गरेको उल्लेख गर्दै उनले राष्ट्र बैंकको बोर्डमा महिला सदस्य नरहनु र

story2 publishers
Coverage

1 more headline since

  1. राष्ट्र बैंकमा ३ डेपुटी गभर्नर हुनुपर्ने बैंकरको सुझाव

    ३ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकमा ३ जना डेपुटी गभर्नरको व्यवस्था गर्न बैंकरले सुझाएका छन् । राष्ट्र बैंक विधेयकमाथि छलफलमा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले यस्तो प्रस्ताव गरे । आइतबार संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिमा राष्ट्र बैंक विधेयकमा सुझाव दिँदै कोइरालाले केन्द्रीय बैंकका काम कारबाही चुस्त दुरुस्त राख्न पनि ३ जना डेपुटी गभर्नर […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.