
नयाँ पुस्ताको चाहनालाई सम्बोधन गर्ने गरी आर्थिक क्रियाकलापलाई अघि बढाऔँ : राष्ट्रपति
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ पुस्ताको चाहाना र आकाङ्क्षालाई सम्बोधन गर्ने गरी उत्पादन रोजगारी र आर्थिक क्रियाकलापलाई तीव्र रूपमा अघि बढाउनु आजको आवश्यकता रहेको बताएका छन्। आइतबार इन्जिनियर्स एशोसिएसनको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै
