
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व संकलन
जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२-८३ मा एक करोड १४ लाख नौ हजार ५०१ राजस्व संकलन गरेको छ । प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले आव २०८२-८३ मा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूबाट १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दा एक करोड १४ लाख नौ हजार ५०१ राजस्व संकलन भएको जानकारी दिए । […]

