
कांग्रेस महामन्त्री घिमिरेका दुई कृति सार्वजनिक (तस्बिरहरू)
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेका दुई वटा कृति सार्वजनिक गरिएको छ । ‘बुद्ध, बीपी र आजका नेता’ तथा ‘लिलिपुटका लघुमानव’ मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको हो । कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, कांग्रेस प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलगायत नेताहरू उपस्थित थिए । तस्बिर : नेपाल फोटो लाइब्रेरी
