Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्रीविरुद्ध प्रदर्शन गर्ने विद्यार्थी नेताहरू रिहा

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध प्रदर्शन गर्ने विद्यार्थी नेताहरूलाई प्रहरीले रिहा गरेको छ। सहकुलपति समेत रहेका मन्त्री पोखरेल सहभागी कार्यक्रमस्थल बाहिर प्रदर्शन गर्दा स्ववियु उपसभापति सनम वली र सचिव हिक्मतकुमार बुढासहितका विद्यार्थीहरू पक्राउ परेका थिए। स्वतन्त्र विद्यार्थी युनियनको दबाब र आन्दोलनको चेतावनीपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको केही घण्टामै छाडेको हो।

3 publishers · 4 headlines · developing over 3 hours
Broke firstRatopati logoRatopati

त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस कार्यक्रम स्थलबाहिर सहकुलपति समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख्रेलविरुद्ध प्रदर्शन गर्ने २३ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा त्रिभुवन विश्वविद्यालय स्ववियु उपसभापति सनम

story4 publishers
Coverage

3 more headlines since

first · 5d agolatest · 5d ago
  1. मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा

    काठमाडौँ। त्रिभुवन विश्वविद्यालय(त्रिवि)को ६७ औँ वार्षिक दिवस कार्यक्रम स्थलबाहिर नियन्त्रणमा लिइएका २३ जना विद्यार्थीलाई प्रहरीले छोडेको छ । बिहीबार उनीहरूलाई मुचुल्का बनाएर छोडिएको हो । सहकुलपति समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध प्रदर्शन गर्ने क्रममा

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. कीर्तिपुरमा पक्राउ परेका विद्यार्थी नेता रिहा गरिँदै

    काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन पुगेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध प्रदर्शनको अगुवाइ गर्दा पक्राउ परेका ६ विद्यार्थी नेतालाई रिहा गरिने भएको छ । जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार स्ववियु उपसभापति पक्राउ परेका केन्द्रीय क्याम्पसका स्ववियु उपसभापति सनम वली, सचिव हिक्मतकुमार बुढा, अनेरास्ववियु शंकरदेव क्याम्पसका संयोजक दिनेश […]

  3. त्रिविको वार्षिक दिवसमा प्रदर्शन गर्ने विद्यार्थी पक्राउ, आन्दोलनको चेतावनीपछि सबै रिहा

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको वार्षिकदिवस कार्यक्रम स्थलबाहिर सहकुलपतिसमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख्रेलविरुद्ध प्रदर्शनगर्ने आधा दर्जन विद्यार्थीलाई पक्राउ गरेको ५ घण्टामा छाडेको छ । त्रिवि स्वतन्त्र विद्यार्थी युनियनले पक्राउ गरेका विद्यार्थी तत्काल रिहाइको माग गरेको थियो । लगत्तै विद्यार्थी नेता छुटेका हुन । वार्षिक दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन गएका स्वतन्त्र विद्यार्थी […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.