Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 6h ago

भारत सरकार र ककरोच जनता पार्टीबीच दिल्लीमा वार्ता

भारत सरकार र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच शुक्रबार दिल्लीस्थित कन्स्टिच्युसन क्लबमा करिब दुई घण्टा वार्ता भएको छ। छलफलमा सरकारको तर्फबाट केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह तथा पार्टीको तर्फबाट प्रवक्ताहरू सौरभ दास र आशुतोष राङ्का सहभागी थिए। ककरोच पार्टीले अघि सारेका तीन मुख्य मागहरूका सम्बन्धमा सरकारले शनिबारसम्मको समय मागेको छ।

5 publishers · 8 headlines · 2 in 24h · developing over 3d 21h
Broke firstKhabarhub logoKhabarhub

भारतीय प्रधानमन्त्री मोदीको पहलपछि सरकार र ककरोच जनता पार्टीबीच वार्ता

काठमाडौं- प्रधानमन्त्री नरेन्द्र मोदीको पहलपछि भारत सरकार र ककरोच जनता पार्टीबीच शुक्रबार दिल्लीमा वार्ता भएको छ । दिल्लीस्थित कन्स्टिट्युसन क्लबमा आयोजना गरिएको वार्ता दिउँसो १२:४० बजेदेखि २:२० बजेसम्म चलेको थियो । वार्तामा सरकारका तर्फबाट केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह सहभागी थिए भने ककरोच जनता पार्टीको तर्फबाट सौरभ दास र आशुतोष राङ्काले प्रतिनिधित्व गरेका […]

Coverage

7 more headlines since

  1. सीजेपी प्रवक्ताले भने- प्रदर्शनकारीलाई एक्लो छाडिने छैन, लडाइँमा साथ छौँ

    कक्रोच जनता पार्टीका प्रवक्ता सौरभ दासले बिहार र असम सरकारले प्रदर्शनकारीहरू विरुद्ध दर्ता भएका सबै एफआईआर फिर्ता लिने ग्यारेन्टी दिएको बताएका छन्। दासले सोसल मिडिया प्लेटफर्म एक्समार्फत भिडियो जारी गर्दै जानकारी दिएका हुन् । पार्टीको प्रेस कन्फ्रेन्सपछि सरकारका प्रतिनिधिहरूले आफू र आफ्ना साथीहरूसँग भेटघाट गरेको उनले बताएका छन्। सौरभ दासले भने, ‘सरकारका प्रतिनिधिहरूसँगको भेटघाट दुई-तीन […]

  2. कक्रोच जनता पार्टीको चेतावनी– फेरि प्रदर्शनमा उत्रिन्छौं

    काठमाडौं। कक्रोच जनता पार्टी (सीजेपी)ले आन्दोलनमा सहभागी विद्यार्थी तथा प्रदर्शनकारीमाथि प्रहरी कारबाही भइरहेको आरोप लगाउँदै तत्काल त्यसलाई रोक्न सरकारसँग माग गरेको छ। पार्टीले कारबाही नरोकिए फेरि आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिएको छ। सीजेपीले आन्दोलनसँग सम्बन्धित कानुनी मुद्दाका विषयमा सरकारसँग भएको लिखित सहमति आगामी मंगलबारभित्र सार्वजनिक गर्न पनि माग गरेको छ। पार्टीका प्रवक्ता आशुतोष […]

  3. भारत सरकार–सीजेपी सहमतिपछि आन्दोलन अन्त्य, कार्यकर्तालाई घर फर्किन आग्रह

    काठमाडौं : भारत सरकार र कक्रोच जनता पार्टी (सीजेपी)बीच तेस्रो चरणको वार्तामा बाँकी रहेका सबै मागमा सहमति भएपछि सीजेपीले आन्दोलन अन्त्य गर्दै आन्दोलनकारीलाई घर फर्किन आग्रह गरेको छ। तेस्रो चरणको वार्तापछि केन्द्रीय मन्त्री जेपी नड्डा, जितेन्द्र

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives8 publishers
  4. ककरोचका दुई माग पूरा गर्न भारत सरकार लचक, शिक्षामन्त्रीको राजीनामाबारे शनिबार निर्णय हुने

    काठमाडौं- ककरोच जनता पार्टीले अघि सारेका दुई माग पूरा गर्न भारत सरकार सैद्धान्तिक रुपमा सहमत भएको छ । ककरोच जनता पार्टीका प्रवक्ता आशुतोष रांकाले शुक्रबार भएको वार्ताका क्रममा आफ्ना दुई माग पूरा गर्न सरकार तयार भएको जानकारी दिएका हुन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रवक्ता रांकाले नीट पेपर लिक प्रकरणबाट प्रभावित परिवारलाई क्षतिपुर्ति दिन […]

  5. मोदी सरकारले युवाहरूसँग माग्यो एक दिन

    काठमाडौँ- भारतको नरेन्द्र मोदी सरकारले ककरोच जनता पार्टी (सीजेपी) का मागहरूमा शनिबारसम्मको समय मागेको छ। दिल्लीको कन्स्टिच्युसन क्लबमा सीजेपी र सरकारका प्रतिनिधिहरूबीच छलफल भएपछि सीजेपी प्रवक्ता सौरभ दासले यो जानकारी दिएका हुन्। छलफलमा सरकारको तर्फबाट केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह सहभागी थिए। त्यस्तै सीजेपीका तर्फबाट प्रवक्ताहरू सौरभ दास र आशुतोष राङ्का छलफलमा सहभागी […]

  6. ककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय

    काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन क्लबमा करीब दुई घण्टा लामो वार्ता सम्पन्न भएको छ । बैठकमा ककरोच पार्टीका तर्फबाट प्रवक्ता सौरभ दास र आशुतोष राङ्का सहभागी थिए भने सरकारको प्रतिनिधित्व केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहले गरेका थिए । छलफलका क्रममा ककरोच पार्टीका प्रतिनिधिले आफ्ना मुख्य तीन मागहरू अघि […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.