नाटकीय रूपमा उदाएको रास्वपाको पतन त्यसैगरी हुन्छ, ढुक्क हुँदा हुन्छ– शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले वालेन्द्र शाह (बालेन) नेतृत्वको रास्वपा सरकार लामो समय नटिक्ने दाबी गरेका छन् । नाटकीय रूपमा उदाएको रास्वपाको पतन त्यसैगरी हुने उनको दाबी छ ।नरबहादुर कर्मचार्यको स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले बालेन सरकार लामो समयको चुनौती नरहेको बताएका हुन् ।'आज वालेन्द्र सरकार पप्युलिजम, एनार्कीजम र अपर्च्युनिजमका कारण बन्यो, यो लामो समयको चुनौती हो भन्ने लाग्दैन । कुनै पनि शक्तिको उदय जति छिटो हुन्छ, पतन पनि त्यति नै छिटो हुने सम्भावन
