युवा लेखक शाहीको ‘एक मान्ठ एक देवता’ पुस्तक लोकार्पण
युवा लेखक शिवराज शाहीको कथासङ्ग्रह ‘एक मान्ठ एक देवता’ लोकार्पण गरिएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार उक्त कथासङ्ग्रहको विमोचन गरिएको हो । पूर्वमन्त्री माधव चौलागाईं, साहित्यकार नयनराज पाण्डे, अभिनेत्री सुरक्षा पन्त र कथाकार शाहीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरे । पूर्वमन्त्री चौलागाईंले पुस्तकमा कर्णालीका कथा र वेदनालाई समेटिएको बताए । अभिनेत्री पन्तले ११ वटा कक्षा समेटिएको पुस्तकमा कर्णालीका विषय समेटिएको बताउँदै ११ वटै कथामा स