Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 12h ago

सुनसरी घटनापछि सीडीओ र डीआईजीसहित सुरक्षा प्रमुखहरू जिम्मेवारीबाट हटाइए

सुनसरीको कप्तानगञ्जमा धार्मिक सद्भाव भड्किएपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई जिम्मेवारीबाट हटाएको छ। फिर्ता बोलाइएकाहरूमा सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र कोशी प्रदेशका डीआईजी रहेका छन्। मन्त्रालयले संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई सुनसरीको नयाँ प्रमुख जिल्ला अधिकारीको रूपमा पठाउने निर्णय गरेको छ।

3 publishers · 4 headlines · 1 in 24h · developing over 13 hours
Broke firstRatopati logoRatopati

सुनसरी घटना : सीडीओसहितका सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाउने निर्णय

काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा धार्मिक सद्भाव भड्किएपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी(सीडीओ) र कोशी प्रदेशका डीआईजी सहितका सुरक्षा अधिकारीहरूलाई फिर्ता बोलाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाएर त्यहाँ संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई पठाइएको

story4 publishers
Coverage

3 more headlines since

first · 1d agolatest · 12h ago
  1. देवानगञ्ज गोलीकाण्डपछि सीडीओदेखि सुरक्षा प्रमुखसम्म हेरफेर

    विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतवार राति भएको हिंसात्मक झडपपछि सरकारले प्रशासन र सुरक्षा संयन्त्रमा व्यापक हेरफेर गरेको छ । घटनालाई गम्भीर रूपमा लिँदै गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी सीडीओ वासुदेव घिमिरेसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीलाई फिर्ता बोलाएको छ । सोमवार बिहान गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बसेको बैठकले गृह मन्त्रालयका […]

  2. कप्तानगन्ज घटनापछि सुरक्षामा व्यापक हेरफेर : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई जिम्मेवारीबाट हटाइयो

    इनरुवा : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित सुरक्षा निकायका प्रमुखहरूको व्यापक सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
  3. सुनसरी घटना : यी हुन् जिम्मेवारी खाेसिएका सुरक्षा अधिकारीहरू

    काठमाडाैँ । सुनसरीको कप्तानगञ्जमा धार्मिक सद्भाव भड्किएपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी(सीडीओ) सहित सुरक्षा अधिकारीहरूकाे जिम्मेवारी खाेसिएकाे छ। सशस्त्रको कप्तानगञ्जस्थित युनिटमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर त्यहाँ डीएसपी मदन नाथलाई पठाइएको छ। कोशी प्रदेशका डीआईजी

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.