
भारतको साढे सात करोड सहयोगमा दार्चुलामा विद्यालय भवन निर्माण सुरू
काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण सुरु भएको छ। सोमबार आयोजित कार्यक्रममा काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्। भारतीय राजदूतावासका अनुसार करिब ७.५ करोड रुपैयाँ लागतमा निर्माण हुने उक्त विद्यालय भवन […]


