‘बुकहिल ब्यालेड्स’मा गुञ्जिँदै सत्य-स्वरूप
प्रसिद्ध गायक एवं सङ्गीतकार सत्य-स्वरूपले आफ्नो जीवनका महत्त्वपूर्ण गीत सङ्गीत पारखीमाझ प्रस्तुत गर्ने भएका छन् । बुकहिल पब्लिकेशनले आयोजना गर्ने साङ्गीतिक कार्यक्रम ‘बुकहिल ब्यालेड्स’को दोस्रो शृङ्खलामा सत्य-स्वरूपले आफ्ना गीत फरक शैलीमा प्रस्तुत गर्न लागेका हुन् ।आउँदो भदौ ७ गते आइतबार (अगस्ट २३) काठमाडौंको नेपाल पुलिस क्लबको ‘द ब्लु प्याभेलियन हल’मा आयोजना हुने ‘सत्य-स्वरूप : हजार सपना’ कार्यक्रममा गायक एवं सङ्गीतकार दाजुभाइले पिता भजनशिरोमणि राष्ट्रगा