
अनशनरत विनय यादवको जीवन रक्षा गर्न मानव अधिकार आयोगको सरकारलाई आग्रह
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विगत १२ दिनदेखि आमरण अनशनमा रहेका विनय यादवको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ । सुनसरीको देवानगञ्ज घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय र सरकारसँग भएका पुराना सहमतिको कार्यान्वयनको

