
तातोपानी र रसुवा नाका : निरीक्षण मात्र होइन, तत्काल समाधान चाहियो
नेपाल र चीनबीचको व्यापारिक सम्बन्धका लागि तातोपानी र रसुवागढी नाका अत्यन्त महत्त्वपूर्ण छन्। यी दुई नाका व्यापारिक केन्द्र मात्र होइनन्, नेपालको अर्थतन्त्र, पर्यटन, रोजगारी र राजस्वसँग प्रत्यक्ष जोडिएका महत्त्वपूर्ण प्रवेशद्वार हुन्। तर विडम्बना, पछिल्लो समय दुवै नाका विभिन्न समस्याले प्रभावित छन्। तातोपानी नाकाको अवस्था त झन् गम्भीर बन्दै गएको छ। अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–तातोपानी सडकखण्डमा पहिरो […]
