
ऊर्जामन्त्री श्रेष्ठले गरे तीन जना नयाँ सल्लाहकार नियुक्त
मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई सल्लाहकार (निजी क्षेत्र) नियुक्त गरेका छन् । यसअघि नै मन्त्री श्रेष्ठले विवेक राज कँडेललाई ऊर्जा सल्लाहकारका रूपमा नियुक्त गरिसकेका छन् ।

