Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 3d ago

संयुक्त राष्ट्र संघको ८१औं महासभामा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली टोलीको नेतृत्व गर्ने

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको ८१औं महासभामा सहभागी नहुने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले न्युयोर्कमा आयोजना हुने उक्त महासभामा परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ। गत वर्ष पनि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की महासभामा सहभागी भएकी थिइनन्।

4 publishers · 5 headlines · developing over 1d 20h
Broke firstOnlineKhabar logoOnlineKhabar

संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको टोलीलाई स्वीकृति

३ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन जाने भएका छन् । अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ८१ औं महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल नेतृत्वको प्रतिनिधिमण्डलको टोली जाने भएको छ । उक्त टोलीको भ्रमणलाई मन्त्रिपरिषद्ले पनि स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त टोलीको भ्रमण स्वीकृत […]

Coverage

4 more headlines since

first · 5d agolatest · 3d ago
  1. जलवायु न्यायदेखि शान्ति सेनामा नेतृत्वसम्म: यूएन महासभामा नेपालले उठाउने प्रमुख एजेन्डा

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घ (यूएन) को मुख्य नीति निर्माण गर्ने प्रमुख अङ्ग महासभाको ८१औँ अधिवेशन आगामी सेप्टेम्बर ८ देखि २२ सम्म अमेरिकाको न्युयोर्कमा आयोजना हुँदैछ। उक्त महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल

    Ratopati logoRatopatiPrivatestory5 publishers
  2. परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली टोली राष्ट्रसङ्घको महासभामा सहभागी हुने

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरेको हो । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिकाको

    Ratopati logoRatopatiPrivatestory5 publishers
  3. प्रधानमन्त्री नजाने भएपछि राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने

    काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी नहुने भएका छन् । प्रधानमन्त्री शाह सहभागी नहुने भएपछि महासभामा जाने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  4. संयुक्त राष्ट्रसंघको ८१औं महासभामा बालेन नजाने, परराष्ट्रमन्त्री खनालको नेतृत्वमा भाग लिने

    काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नजाने भएका छन्। बालेनको साटो परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली टोलीको प्रतिनिधित्व गर्ने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा परराष्ट्रमन्त्री नेतृत्वको टोलीलाई सहभागी हुन स्वीकृति दिएको छ। पोहोर पनि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की राष्ट्रसंघको महासभामा गएकी थिइनन्। बैठकले साउदी अरेबियासँग हवाइ सम्झौता गर्न स्वीकृति […] The post संयुक्त राष्ट्रसंघको ८१औं महासभामा बालेन नजाने, परराष्ट्रमन्त्री खनालको नेतृत्वमा भाग लिने appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.