शिक्षा समिति बैठक बिहीबार, के छन् एजेन्डा?
काठमाडौँ- संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफललाई निरन्तरता दिने भएको छ। समितिले बिहीबार बिहान १० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा विधेयकमाथि छलफल गर्न बैठक बोलाएको हो। समितिले बैठकमा उपस्थित हुन सम्बन्धित मन्त्री, मन्त्रालयका सचिव तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशकलाई […]


