भन्सारमा मालवस्तुको पूर्व-आगमन सूचना आदान प्रदान गर्न चार मुलुकबीच समझदारी
समझदारी पत्रमा नेपाल, भुटान, बंगलादेश र माल्दिभ्सका भन्सार प्रशासनबीच हस्ताक्षर भएको हो । माल्दिभ्समा आयोजित एसएएसईसीको १४ औं सबग्रुप मिटिङका अवसरमा समझदारी पत्रमा चार देशका भन्सार प्रशासकहरूले हस्ताक्षर गरेका छन् ।


