Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

बञ्चरेडाँडाका स्थानीयद्वारा फोहोर विसर्जनमा अवरोध, माग पूरा गर्न १५ दिने अल्टिमेटम

वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन नगरिएको भन्दै बञ्चरेडाँडाका स्थानीय बासिन्दाले शनिबार बिहान काठमाडौं उपत्यकाबाट गएका फोहोरका गाडीहरू एक घण्टा रोकेर विरोध जनाएका छन्। सिसडोल बन्चरे डाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रका अध्यक्ष निरञ्जन सन्जेलका अनुसार विगतका सहमति कार्यान्वयन नभएकाले स्थानीयहरू आन्दोलित हुनुपरेको हो। उनीहरूले आफ्ना मागहरू पूरा गर्न १५ दिने अल्टिमेटम दिँदै माग सम्बोधन नभए फोहोर विसर्जन पूर्ण रूपमा ठप्प पार्ने चेतावनी दिएका छन्।

TopicsKathmandu
2 publishers · 2 headlines · developing over 3 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

बञ्चरेडाँडाका स्थानीय आन्दोलित : फोहोरका गाडी एक घण्टा रोकिए, माग पूरा गर्न अल्टिमेटम

६ भदौ, काठमाडौं । बञ्चरेडाँडाका स्थानीयले काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएको गाडीलाई एक घण्टा रोकेका छन् । वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन नभएकाले गाउँभरी दुर्गन्ध फैलिएपछि स्थानीय आन्दोलित भएका हुन् । विगतको सहमति पनि कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रन बाध्य भएको सिसडोल बन्चरे डाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रका अध्यक्ष निरञ्जन सन्जेलले बताए । ‘आज बिहान १ घण्टाको लागि […]

Coverage

1 more headline since

  1. बञ्चरेडाँडाका स्थानीय फेरि आन्दोलित, माग पूरा गर्न १५ दिने अल्टिमेटम

    काठमाडौं उपत्यकाको फोहोर बिसर्जन हुँदै आएको बञ्चरेडाँडाका स्थानीय फेरि आन्दोलित भएका छन् । वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन नभएको भन्दै स्थानीय फेरि आन्दोलित भएका हुन् ।उनीहरूले शनिबार बिहान काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएको गाडीलाई रोकेका छन् । विगतको सहमति पनि कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रन बाध्य भएको उनीहरूले बताएका छन् । कुहिने र नकुहिने फोहोर नछुट्याउदा २० वर्षको लागि बनाएको ल्यान्डफिल साइटको लिच्चेडले ड्याम्प भरिएको छ । १५ दिनभित्र यी माग पूरा नभए फोहोर विसर्जनमा रोक

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.