
सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन
नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ । २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएदेखि २०१५ सालको पहिलो आमनिर्वाचन, पञ्चायतविरुद्धको संघर्ष, २०४६ सालको जनआन्दोलन, २०५२–२०६२ को माओवादी सशस्त्र विद्रोह र २०६२–२०६३ को ऐतिहासिक जनआन्दोलन हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म कम्युनिस्ट शक्तिहरूले नेपाली राजनीतिमा निर्णायक भूमिका निर्वाह गरेका छन् । […]