परराष्ट्रमन्त्री खनाल १४ भदौमा सर्बिया जाने
८ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आगामी १४ भदौमा सर्बिया जाने भएका छन् । सर्बियाको राजधानी बेलग्रेडमा आयोजना हुने असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभा (हाइलेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन उनी त्यसतर्फ जाने भएका हुन् । १५ र १६ भदौमा बेलग्रेडमा आयोजना हुने उक्त स्मरणसभामा परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधि टोली सहभागी हुनेछ […]



