चेम्बरका सल्लाहकार परिषद् अध्यक्ष राजेशकाजी श्रेष्ठ सम्मानित
८ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष तथा पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको छ । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्य दूतसमेत रहेका श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ प्रदान गरेपछि उक्त उपलब्धिको कदरस्वरूप चेम्बरले पनि सम्मान गरेको हो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार […]
