Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 8h ago

नेपाल-अमेरिका सम्बन्धलाई नयाँ आर्थिक दिशामा लैजानुपर्ने परराष्ट्रमन्त्री शिशिर खनालको जोड

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र अमेरिकाबीचको आर्थिक सहकार्यलाई लगानी, व्यापार र प्रविधि जस्ता रणनीतिक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ। काठमाडौंमा सेन्टर फर साउथ एसियन स्टडिज-नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेकाले परम्परागत सहायताभन्दा माथि उठेर नयाँ आर्थिक सम्बन्ध गाँस्नुपर्नेमा जोड दिनुभयो। उक्त कार्यक्रम अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको थियो।

2 publishers · 3 headlines · 1 in 24h · developing over 21 hours
Broke firstNews of Nepal logoNews of Nepal

नेपाल–अमेरिका सम्बन्धलाई नयाँ आर्थिक दिशामा लैजानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–अमेरिका सम्बन्धलाई परम्परागत विकास सहायताको दायराबाट अघि बढाउँदै लगानी, व्यापार, प्रविधि र उद्यमशीलतामा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ।अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा सेन्टर फर साउथ एसियन स्टडिज-नेपालले आयोजना गरेको कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै मन्त्री खनालले नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतिको तयारीमा रहेकाले द्विपक्षीय सम्बन्धलाई नयाँ आर्थिक आधारमा अघि बढाउनुपर्ने […]

Coverage

2 more headlines since

first · 1d agolatest · 8h ago
  1. अमेरिकासँग आर्थिक साझेदारी विस्तारमा जोड, तीन क्षेत्रमा सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

    काठमाडौं परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले अमेरिकासँगको आर्थिक साझेदारीलाई नयाँ चरणमा लैजान डिजिटल रूपान्तरण, स्वच्छ ऊर्जा र नेपालीडायस्पोराको सीप तथा पुँजी परिचालनमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसका अवसरमा सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सीईएसआईएफ) नेपालले काठमाडौंमा आयोजनागरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै मन्त्री खनालले नेपाल सहायता निर्भर अर्थतन्त्रबाट निजी क्षेत्रको गतिशीलता, प्रत्यक्ष वैदेशिक लगानीर उच्च मूल्यका व्यापारतर्फ अघि बढिरहेको बताए । उनले नेपाल–अमेरिका आर्थिक साझेदारीलाई थप प्रभावकारी बनाउन तीन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए । पहिलो, नेपालको डिजिटल रूपान्तरणलाई तीव्र बनाउँदै दक्ष युवा तथा सूचना प्रविधि जनशक्तिलाई अमेरिकी नवप्रवर्तनको वातावरण र पुँजीसँगजोड्नुपर्ने उनको भनाइ थियो । दोस्रो, स्वच्छ ऊर्जा, दिगो जलविद्युत् विकास, सीमापार विद्युत् प्रसारण सञ्जाल विस्तार तथा संवेदनशील हिमाली वातावरण संरक्षणमा सहकार्यबढाउनुपर्ने उनले बताए । त्यस्तै, अमेरिकामा रहेको नेपाली डायस्पोराको मानव पुँजी र उद्यमशीलतालाई उपयोग गर्दै प्रविधि हस्तान्तरण, व्यापारिक सम्बन्ध र उद्यम विकासलाईअघि बढाउनुपर्ने खनालले बताए । सीईएसआईएफका कार्यकारी अध्यक्ष विजयकान्त कर्णले नेपाल र अमेरिकाबीच लोकतन्त्रप्रतिको साझा प्रतिबद्धताले दुई देशकोसम्बन्धलाई अझ फराकिलो मित्रताको आधार दिएको बताए। कार्यक्रममा नेपालका लागि अमेरिकी दूतावासका चार्जे डी अफेयर्स स्कट उर्बोमले नेपाल–अमेरिका सम्बन्धको आगामी चरणलाई व्यापार, लगानी, प्रविधि र साझा समृद्धिले परिभाषित गर्नुपर्ने बताए ।‘नेपाल र अमेरिकाबीचको सम्बन्धको आगामी चरणलाई व्यापार, लगानी, प्रविधि र साझा समृद्धिले अझ बढी परिभाषित गर्नुपर्छ,’ उर्बोमले भने । नेपाल र अमेरिका आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ८०औँ वर्षमा प्रवेश गर्न लागेको उल्लेख गर्दै उनले पछिल्ला ७९ वर्षमा दुवै मुलुकले साझाप्राथमिकता र मूल्यमा आधारित घनिष्ठ साझेदारी विकास गरेको बताए । उर्बोमले उद्यमशीलता विकास, शैक्षिक आदानप्रदान तथा अमेरिकी कम्पनीसँगको सहकार्यबाट नेपाली युवालाई विश्वस्तरीय रोजगारी र व्यवसायकाअवसर सिर्जना गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । उनले नेपालमा अमेरिकी सहयोगअन्तर्गत सञ्चालित ५० करोड अमेरिकी डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदानलाई पनि दुईदेशबीचको आर्थिक सहकार्यको महत्वपूर्ण उदाहरणका रूपमा उल्लेख गरे । एमसीसी अनुदान सडक पूर्वाधार तथा विद्युत् प्रसारण लाइन स्तरोन्नतिकालागि प्रदान गरिएको हो । सीईएसआईएफले आयोजना गरेको कार्यक्रममा पूर्वकूटनीतिज्ञ, प्राज्ञ, सञ्चारकर्मी तथा युवा अनुसन्धानकर्ताको सहभागिता थियो । कार्यक्रममानेपाल–अमेरिका सम्बन्धका साझा लोकतान्त्रिक मूल्य, आर्थिक सहकार्य, हरित ऊर्जा, अमेरिकी प्रविधि तथा भावी पुस्ताको नेतृत्व विकासका विषयमाछलफल गरिएको थियो । नेपाल र अमेरिका कूटनीतिक सम्बन्धको ८०औँ वर्षतर्फ अघि बढिरहेका बेला सहायता केन्द्रित सम्बन्धलाई व्यापार, लगानी, प्रविधि र आर्थिक अवसरमाआधारित साझेदारीमा रूपान्तरण गर्ने विषय कार्यक्रममा प्रमुख रूपमा उठाइएको थियो ।

  2. नेपाल-अमेरिका आर्थिक सहकार्य तीन रणनीतिक क्षेत्रमा केन्द्रित गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

    परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–अमेरिकाबीचको आर्थिक सहकार्यलाई तीन रणनीतिक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.