
नेपालमा मनसुन कमजोर, ६० दिनमा सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा
काठमाडौं । यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागअन्तर्गत हावा पानी विश्लेषण शाखाका इन्जार्ज सुजन सुवेदीले असार ५ देखि भदौ १ गतेसम्म देशभर मापन गरिएको कुल वर्षा ७४६ दशमलव ८ मिलिमिटर रहेको जानकारी दिए । सो अवधिमा सामान्यतया ८३० दशमलव […]

