
राष्ट्रिय सभामा महिला समन्वय समिति गठन, रेणु चन्द संयोजक
काठमाडौं । संघीय संसद्, राष्ट्रिय सभामा महिला समन्वय समिति गठन भएको छ। समितिको संयोजकमा रेणु चन्द र सचिवमा सम्झना देवकोटा चयन भएका छन्। राष्ट्रिय सभाकी उपाध्यक्ष लिला कुमारी भण्डारीको विशेष उपस्थितिमा महिला समन्वय समिति गठन तथा समितिको कार्यविधि–२०८३ पारित भएको हो। संघीय संसद्, राष्ट्रिय सभा नियमावली, २०७५ (दोस्रो संशोधन) को नियम २३२(ङ) बमोजिम २०८३ जेठ […]

