बाढीपीडित राहत कोषमा दुई महिनाको तलब दिने सांसद समीक्षा बाँस्कोटाको घोषणा
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले आफ्नो दुई महिनाको तलबभत्ता बाढीपीडित राहत कोषमा सहयोग गर्ने घोषणा गरेकी छन्। बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै बाँस्कोटाले बाढीपीडितका लागि तत्काल राहत कोष स्थापना गर्न सरकारसँग आग्रह गरिन्। उनले उक्त कोषमा राष्ट्रसेवक कर्मचारी तथा सबै तहका जनप्रतिनिधिका तर्फबाट समेत सहयोग रकम संकलन गर्नुपर्ने बताइन्। बाढीपहिरोबाट प्रभावित […]