Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

केरुङमा आएको बाढीपछि पत्रकार टेकराज थामीसहित अन्य व्यक्तिहरू सम्पर्कविहीन

रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी सम्पर्कविहीन भएका छन्। समाचार संकलनका लागि केरुङ हुँदै तिब्बततर्फ गएका थामीसँग सम्पर्क विच्छेद भएको महासंघले जनाएको छ। यसैगरी, नुवाकोटको बिदुर-७ का पत्रकार निराजन पौडेलका परिवारका पाँच सदस्य पनि सोही क्षेत्रबाट बेपत्ता भएका छन्। नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै बेपत्ता भएकाहरूको तत्काल खोजी गर्न माग गरेको छ।

4 publishers · 4 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

केरुङ हुँदै तिब्बततर्फ गएका पत्रकार टेकराज थामी सम्पर्कविहीन

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि समाचार संकलनका लागि केरुङ हुँदै तिब्बततर्फ गएका नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी सम्पर्कविहीन भएका छन् । नेपाल पत्रकार महासंघका अनुसार थामी केरुङबाट सम्पर्कविहीन भएको खबर उनका

story4 publishers
Coverage

3 more headlines since

first · 5d agolatest · 5d ago
  1. पत्रकार टेकराज थामी केरुङबाट फर्किने क्रममा सम्पर्कबाहिर

    काठमाडौं । नयाँ पत्रिकामा कार्यरत पत्रकार टेकराज थामी केरुङबाट ‘सम्पर्कविहीन’ भएका छन् । उनी हिजो बिहानबाट सम्पर्कमा नरहेको परिवारलाई उदृत गर्दै नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका पूर्वकेन्द्रीय सदस्य समेत रहेका थामी गत सोमबार अफिसबाट चार दिनका लागि बिदा लिएर केरुङ हुँदै तिब्बततर्फ गएका थिए । हिजो केरुङबाट फर्किने क्रममा सम्पर्कबिहीन बनेका हुन् । […]

  2. पत्रकार टेकराज थामी सम्पर्कविहीन

    काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण पत्रकार टेकराज थामी सम्पर्कविहीन भएका छन् । नेपाल पत्रकार महासंघले समाचार संकलनका लागि केरुङ हुँदै तिब्बततर्फ गएका नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य थामी सम्पर्कविहीन भएको उनको परिवारले जनाएको भन्दै विज्ञप्तिमार्फत जनाएको हो । त्यस्तै, नुवाकोट, बिदुर ७ का पत्रकार निराजन पौडेलका परिवारका पाँच जना सदस्य पनि सम्पर्कविहीन […]

  3. बेपत्ता पत्रकार र पत्रकार परिवारको खोजी गर्न महासंघको माग

    विज्ञप्तिमा समाचार संकलनका लागि केरुङ हुँदै तिब्बततर्फ गएका महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी केरुङबाट सम्पर्कविहीन भएको खबर परिवारबाट प्राप्त भएको उल्लेख छ ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.