
उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्याउने खर्च प्रदेश सरकारले बेहोर्ने
हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका शव सम्बन्धित ठेगानासम्म पुर्याउन लाग्ने सम्पूर्ण खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलका अनुसार प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहको विपद् व्यवस्थापन कोषमा आवश्यक रकम उपलब्ध गराइनेछ। उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका शव घरसम्म लैजान […]