भृकुटीमण्डपका व्यापारीले दिए बाढीपीडितका लागि १३ लाख ५१ हजार
भृकुटीमण्डप हाताभित्र अवस्थित खुला बजारको प्रतिनिधिमूलक संस्था ‘काठमाडौं निम्न व्यापारी संघ’ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ लाख ५१ हजार रूपैयाँ सहयोग गरेको छ । सोमबार समाज कल्याण परिषद्का सदस्य सचिव चक्रबहादुर बुढालाई संघले चेक हस्तान्तरण गरेको हो । रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्ला प्रभावित बनेको छ । बाढी प्रभावितका लागि सरकारले स्वतःस्फूर्त सहयोगका लागि आह्वान समेत गरेको थियो ।संघले व्यापारीहरूसँग रकम संकलन गरेर हस्तान्तरण गरेको जना
