Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1 Septlast: 1 Sept

बाढी पहिरोको उद्धार र राहत अनुगमनका लागि संसदीय विशेष समिति गठन गर्न एमालेको माग

सिंहदरबारमा मंगलबार बसेको नेकपा एमाले संसदीय दलको बैठकले बाढी र पहिरोपछिको उद्धार तथा राहत कार्यको अनुगमन र समन्वय गर्न संसदीय विशेष समिति गठनको माग गर्ने निर्णय गरेको छ। प्रमुख सचेतक ऐन महरका अनुसार सरकारको उद्धार कार्य सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै एमालेले यस्तो माग गरेको हो। साथै, एमालेका सांसदहरूले आफ्नो १५ दिनको पारिश्रमिक बाढी प्रभावितका लागि राहत कोषमा जम्मा गर्ने निर्णय समेत गरेका छन्।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

एमालेले प्रत्येक सांसदको १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने

काठमाडौं– नेकपा एमालेले उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म निगरानी र सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्न संसदीय विशेष समिति गठनको माग गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले बुधबारबाट सञ्चालन हुने संसद बैठकमा संसदीय दलका नेताले सम्बोधन गर्ने र विशेष संसदीय समिति गठनका लागि माग गर्ने निर्णय गरेको […]

Coverage

2 more headlines since

first · 1 Septlatest · 1 Sept
  1. उद्धार र राहतमा सरकारबाट कमजोरी भएको एमालेको निष्कर्ष, संसदीय विशेष समिति गठनको माग

    काठमाडौं । नेकपा एमालेका सांसदहरूले १५ दिनको तलब बाढी प्रभावितलाई दिने भएका छन्। आज बसेको संसदीय दलको बैठकले सांसदहरूले आर्थिक सहयोग गर्ने निर्णय भएको प्रमुख सचेतक ऐन महरले बताए। बैठकले उद्धार र राहतमा सरकारको भूमिका सन्तोषजनक नभएको निष्कर्ष निकालेको बताए। उनले भने, ‘एउटै घरबाट २२ वटा भन्दा बढी शव एउटै निस्किएको छ। जसरी उद्धार हुनुपर्ने […]

  2. उद्धार र राहतको अनुगमन गर्न संसदीय विशेष समिति गठनको माग गर्ने एमालेको निर्णय

    काठमाडौँ । नेकपा एमालेले विपद्‌पछिको उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म निगरानी र सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्न संसदीय विशेष समिति गठनको माग गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको एमाले संसदीय दलको

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.